У вашего броузера проблема в совместимости с HTML5
पार्टी एकता भएदेखि नै नेकपा भित्र अध्यक्षद्वयको कार्यविभाजनलाई पटकपटक चर्चा हुँदै आएको थियो । पूर्व माओवादीले एकता भएदेखि नै सरकार र पार्टी फरकफरक अध्यक्षले चलाउनुपर्ने मत राख्दै आएका थिए । अन्ततः आज बसेको नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष र केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार सञ्चालनका लागि बागडोर सुम्पिएको छ । यो निर्णयसँगै यसअघि चर्चा हुँदै आएको आलोपालो सरकारको सहमति भने टुंगिएको छ । जसले लामोसमयदेखि उठ्दै आएको सरकार परिवर्तनसम्बन्धी प्रश्नमा पनि ब्रेक लागेको छ ।
प्राइम टाइम न्यूजका हेड्लाइन्स
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजन, पाँच वर्ष ओली नै प्रधानमन्त्री, अध्यक्षको कार्यभार दाहाललाई ।
२. प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको मन्त्रीमण्डल पुर्नगठन स¥यो, कार्यव्यस्तताका कारण बिहीबार गरिने ।
३. भारतसँग सीमा जोडिएका मोरङको दशगजामा बस्ती, संरचना र बसोबास गर्न नपाइने भएपनि मोरङको १४ ठाँउमा बस्ती निर्माण ।
४. नेपालका ठूला अस्पतालका आकस्मिक कक्ष अव्यवस्थित मात्र नभई मापदण्ड विपरित, उपचार गर्नै कठिन हुने चिकित्सकको गुनासो ।
५.र, काठमाडौं शहरको मुख्य पर्यटकीय केन्द्र ठमेल अस्तव्यस्त, प्रवेशद्वारमा छरिएका तारले कुरुप मात्र नभई दुर्घटनाको जोखिम पनि बढाउँदै ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews