Sunday, 14 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

PRIME TIME 8 PM NEWS_2076_10_26 - NEWS24 TV

PRIME TIME 8 PM NEWS_2076_10_26 - NEWS24 TVУ вашего броузера проблема в совместимости с HTML5
बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा संसदीय दलका उपनेता एवं उपसभापति विजयकुमार गच्छदार पनि मुछिएपछि कांग्रेस सदनमा र उसका भ्रातृ एवं शुभेच्छुक संगठन सडकमा आन्दोलित छन् । आज तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको कांग्रेसले यसै विषयमा छलफल गर्न सोमबार केन्द्रित समितिको बैठक बोलाएको छ । सरकारको निर्देशनअनुसार नै अख्तियारले नीतिगत निर्णय गर्ने दुई प्रधानमन्त्रीसहित केही उच्च अधिकारीलाई उन्मुक्ति दिएर राजनीतिक प्रतिशोधका आधारमा गच्छदारविरुद्ध मुद्दा चलाइएको कांग्रेसको आरोप छ । तर, संविधानतः ‘अदालतमा विचाराधीन विषयमाथि संसदभित्र कुरा उठाउन नमिल्ने हुँदा सत्तारुढ दलका सांसद कांग्रेसको यो अवरोध संसदीय मर्यादा विपरित भएको टिप्पणी गरिरहेका छन् । यता, चीनबाट नेपाली कहिले फर्काउने टुंगो लागेको छैन । तर, नेपालीलाई भक्तपुरको खरिपाटीमा राखिने गरी तयारी अघि बढाइएको छ । उता, चीनबाट नागरिक ल्याउन आनाकानी गरेको भन्दै अभिभावकले सरकारलाई निर्देशन दिन भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढकढकाउन पुगेका छन् । उता, जुम्लामा औषधिको अभाव भएको छ । यि बाहेक घरेलु मैदानमा ओमानसँग नेपालले दोश्रो हार ब्यहोरेको न्यूज पनि छ । प्राइम टाइम न्यूजका हेडलाइन्स । १. नेपाली कांग्रेसद्वारा तेश्रो पटक प्रतिनिधिसभाको बैठक अवरुद्ध, अदालतमा विचाराधिन विषयलाई संसदमा ल्याउनु गलत भएको सत्तारुढ सांसदको टिप्पणी । २. संघीय संरचना कार्यान्वयनको दुई वर्ष नपुग्दै नेकपा अध्यक्षबाट पटकपटक सिमांकन फेरबदलको बहसले उब्जायो शंका, सत्तारुढ दलका सांसद भन्छन् – वेमौसमी बाजा । ३. नेपाली सेनामा छुट्टै गुप्तचर विभाग बनाउने गरी संशोधन प्रस्ताव, खर्च रकम मिनाह गर्ने सम्बन्धी व्यवस्था । ४. चीनको हुवेई प्रान्तबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीमा राखिने, एक÷दुईदिन भित्रै ल्याउने सरकारको दाबी, प्रधानमन्त्रीद्वारा छलफल । ५. र, आइसीसी वल्र्ड क्रिकेट लिग २ अन्तर्गत ओमानद्वारा नेपाल ८ विकेटले पराजित, कप्तान ज्ञानेन्द्र भन्छन्– कमजोर बलिङ हारको कारण । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Мой аккаунт