Fifth RBB aviation volleyball: APF VS Tribhuwan Army
У вашего броузера проблема в совместимости с HTML5
काठमाडौँमा जारी पाँचौँ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । मङ्गलवार सम्पन्न ग्रुप ए मा दुई विभागीय टोली बिचको प्रतिस्पर्धामा एपिएफले सेनाको त्रिभुवन आर्मी क्लब(टिएसी) माथि ३ – १ को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । एपिएफले टिएसीलाई २५–१०, १९–२५, २५–१८, २५–११ अङ्कले पराजित गरेको हो । दुवै टिम यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए ।