Monday, 22 September, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

Dr. Govinda K.C. | Common Sense Wisdom | Hamrokatha

Dr. Govinda K.C. | Common Sense Wisdom | HamrokathaУ вашего броузера проблема в совместимости с HTML5
अब पनि नबोल्ने ? नेपालको स्वास्थ्य क्षेत्र कति दयनिय छ भन्ने कुरा यो कथाले देखाउछ । टाउको दुखेर थला परेकी एउटी वुढीआमाको हालत, आफ्नो छोरालाई उपचार गर्न तिन दिन हिडेर आएकी महिलाले चपाईरहेकी रोटी र हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आएका यी विरामीहरु देख्दा डाक्टर गोविन्द केसीको अनसन कुन हदसम्म जायज हो भन्ने कुरा थाहा हुन्छ । तर, सरकार, राजनैतिक पार्टीहरु मात्र होईन, अधिकाशं जाने वुझेका नेपालीहरु समेत डा केसीको अनसनलाई सुनेको नसुन्यै गरेर वसेका छन् । हरेक नेपालीले वुझुन् डा केसीको अनसन किन भनेर । एउटा चिकित्सक गएको दश दिनदेखि यो हालतमा आमरण अनसनमा वसेको छ । अनसन वस्नु अघि उसले माग यसरी अघि सारेको थियो । तर, समाजको ठूलो हिस्सा जसले निर्णायक तहमा प्रभाव पार्न सक्छ उ अझै वोलिरेहको छैन् । जो वोलेको छैन, ति सवैले डा केसीको हालत हेर । जो वोलेको छैन, तिनले जसको लागि डा केसी यो अनसन वसेका छन् । तिनको हालत पनि हेर । केही महिना अघि हाम्रो कथा टिम सिन्धुपाञ्चोक पुग्दा यी आमाले एउटा सिटमोटलको टुक्रा नपाएको भन्दै आखाँवाट आशु निकालिन । यी २१ वर्षकी सुत्केरीले सामान्य उपचार दिन नसक्दा आफ्नो काख रित्एिको कथा सुनाईन । यी वालवालिकाहरु ज्वरोले तिनदिन देखि थलिदा पनि औषधी मुलो नपाएको भनेर गुनासो पोख्दै थिए । यी केही प्रतिनिधी पात्र मात्र हुन् । नेपालको स्वास्थ्य क्षेत्र सर्वसुलभ छैन् । गरिवको लागि अस्पताल उपचार गराउने होईन हेर्ने ठाँउ जस्तो भएको छ । त्यसैले डा केसीको अनसनको मामिलामा हेरक नेपाली विवेकशशिल हुनु जरुरी छ । Watch our last story: https://www.youtube.com/watch?v=4UY5t2vMToc Subscribe to our channel: https://www.youtube.com/channel/UCy4JWBXHOOlQe9DXSQgzlPg Official Website: www.hamrokatha.com Facebook Page: https://www.facebook.com/kathanepal For inquires: [email protected] You can comment in the comment section for what kind of stories you would like to watch next. Thank you for watching. Don’t forget to like and subscribe.
Мой аккаунт