Thursday, 02 October, 2025г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

भेनेजुएला वक्तब्य प्रकरणले चिसियो नेपाल–अमेरिका सम्बन्ध - NEWS24 TV

भेनेजुएला वक्तब्य प्रकरणले चिसियो नेपाल–अमेरिका सम्बन्ध - NEWS24 TVУ вашего броузера проблема в совместимости с HTML5
भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यपछि चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । कमजोर कुटनीतिक अभ्यासले दुई देशीय सम्बन्धमा दरार ल्याउँदा त्यसको बढी असर नेपालले खेप्नुपर्ने कुटनीतिक मामिलाका जानकारको दावी छ । भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्ष दाहालकै अभिव्यक्तिमा आपत्ति जनाएको अमेरिका नेपाल सरकारको धारणापछि थप रुष्ट बनेको संकेत बढ्न थालेको छ । शुक्रबार सरकारले कुटनीतिक नियोगका प्रतिनिधिसँग गरेको छलफलमा अमेरिकाकै राजदूत ¥यान्डी बेरी अनुपस्थित रहे । राजदूतको अनुपस्थितिलाई ‘ब्यस्तताका कारण’ भनिएपनि उनी त्यही समयमा केही सम्पादक र सञ्चारकर्मीसँग छलफलमा थिए । शुक्रवारै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीलाई अमेरिकी विदेश मन्त्रालयले बोलाएर भेनेजुइला प्रकरणबारे सोधेको छ । यता बेरीको अनुपस्थिति र उता कार्कीसँगको सोधपुछमा भेनेजुएलाकै विषयले घर स्पष्ट हुन्छ । तर, जानकार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणक्रममा नै बढेको विवाद भेनेजुएला प्रकरणसँगै बाहिरिएको दावी गर्छन् । धेरैले भेजेजुएला बारेको सत्तारुढ दलको विज्ञप्तिलाई संयुक्त राष्ट्रसंघसहित पश्चिमा मुलुकले शान्ति प्रक्रियाको विषयमा जारी गरेको विज्ञप्तिको ‘काउन्टर’ ठानेका छन् । नेकपाका अध्यक्ष दाहालको केही आक्रमक विज्ञप्तिलाई कुटनीतिक शब्द र वाक्यमा ढालेर सरकारले नरम बनाए पनि दुवै विज्ञप्तिको भाव एउटै हुँदा दुई देशीय सम्बन्ध चिसिएको ठान्ने पनि छन् । नेपालको ठूलोमध्येको दाता अमेरिकालाई लगानी सम्मेलनकै सम्मुख चिढ्याउनुको असर अन्य क्षेत्रमा पनि वर्न सक्ने जानकारको बुझाइ छ । वामपन्थी रुझानका कारण पनि भेनेजुएला प्रकरणमा दाहालको विज्ञप्ति केही कडा हुनु स्वभाविक थियो । जसलाई पछि सरकारले नरम बनाउने प्रयास गरेपनि महाशक्तिले ‘सानो देशको ठूलो आवाज’का रुपमा लिएको प्रष्ट हुन्छ । अन्तर्राष्ट्रिय घटनाक्रममा हरेक मुलुकले टिप्पणी गर्न पाउँछन् र सक्छन भन्ने सत्य एकातिर हुँदा–हुँदै पनि दाहालको विज्ञप्तिले सामान्य कुटनीतिक शैली पछ्याउन नसक्दा सरकार नै दबाबमा परेको छ । भर्खरै एसिया प्यासिफिकमा नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको भनिएको अमेरिकाका लागि भेनेजुएला प्रकरणमा सत्तारुढ दलको धारणा अप्रत्याशित बन्दा सम्बन्ध पेचिलो बनेको हो । जसको समाधानमा नेपालकै सक्रियता बढी जरुरी छ । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Мой аккаунт